२०८३ असार १७, बुधबार २०:११

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय तोकेको छ ।

तत्कालीन लोसपाका संसदीय दलका नेता शर्मा जन्मकैद सजाय सुनाइएपछि फरार छन् । उनलाई मधेश प्रदेशसभाले निलम्बन गरिसकेको छ ।

जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा शर्मा लगायत ७ जनलाई जन्मकैदको सजाय सुनाएको थियो । उच्चले भने तीनजनाको हकमा जिल्लाको फैसला जन्मकैद सजर र चारजनलाई पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।

अभियुक्तहरु संजय साह, मोहन ठाकुर, प्रदीप रायलाई जन्मकैद जिल्लाकै फैसला सदर गरेको हो । यस्तै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला उल्टाएर जनही पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

Comment


Related News

Latest News

Trending News