२०८३ असार १८, बिहीबार १०:५४

नेपाल राष्ट्र बैङ्कले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरु गर्ने भएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका समेटेर ‘र्‍यान्डम स्यापिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमुना सङ्कलन गर्ने जनाएको छ ।

राष्ट्र बैङ्कले सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गर्नेछ ।

सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैङ्कको विश्वास रहेको छ ।

राष्ट्र बैङ्कले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ ।

Comment


Related News