२०८३ असार १९, शुक्रबार १४:५८

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्को बैठक शुक्रबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको छ।

संवैधानिक निकायका रिक्त पद लामो समयदेखि पूर्ति हुन नसकेको अवस्थामा बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकले रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

Comment


Related News

Latest News

Trending News