सिरहामा प्रहरीले गोली चलाएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् । खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
भारतसँग सिमाना जोडीएको सिरहाकाे नवराजपुर गाउँपालिका-४ स्थित लागुऔषध कारोबारको डिल भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरेको थियो । प्रहरीको सर्चको क्रममा लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका कलामलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनको साथबाट प्रहरीले १ सय २२ .८ मिलि ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
सूचना अधिकारी पालका अनुसार उनीहरू दुई ओटा मोटर साइकलमा चार जना आएका थिए प्रहरीले गोली चलाउँदा ३ जना भने फरार भएका थिए । प्रहरीले घटनास्थलबाट दुई थान भारतीय नम्बर प्लेटकाे मोटर साइकल समेत बरामद गरेको जनाएको छ ।

