सवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिस गरेको छ भने आयोगका रिक्त आयुक्त पदमा गुरु प्रसाद वाग्ले र राजिव सुव्वालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावित व्यक्ति उपर छलफल नै नगरि सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाले आगामी दिनमा प्रस्तावित व्यक्तिहरु उपर प्रयाप्त छलफल पछि मात्रै सिफरिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
साथै आङ्देम्बेले बिपक्षी दलसंग सम्वादहिनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्रता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।

