२०८३ असार २२, सोमबार ०६:२०

सामुदायिक विद्यालयहरुमा पूर्वाधार र दरबन्दी अनुसारको शिक्षकको आभाव रहेको प्रधानाध्यापकहरुले गुनासो गरेका छन ।

जनकपुरधाममा आइतवार प्रधानाध्यापकहरुको संगठन प्रधानाध्यापक संघ नेपालको मधेश प्रदेश स्तरीय सार्वजनिक शिक्षा रुपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी विषयक कार्यक्रममा बोल्ने प्रधानाध्यापकहरुले आ आफ् ना पीडा राखेका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विद्यालयमा अभिभावक र स्थानीय तहबाट हुने अपेक्षित सहयोग नभइरहेको गुनासो समेत गरेका थिए । उनीहरुले सबै समस्याको पीडा प्रधानाध्यापकलाई नै झेल्नु परिरहेको र प्रधानाध्यापकको पीडा राज्य समेतले बुझ्न नसकेको बताए ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले विद्यालयमा गरिएको सकारात्मक परिवर्तन बारे समेत चर्चा गरेको थियो । उनीहरुले विद्यालयलाई नमूना बनाउन गरेको अभ्यास बारे अर्कासँग खुलेर चर्चा गरेका थिए । कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले अभिभावक र प्रधानाध्यापकबीचको सम्बन्ध सुधारका लागि सरकारले सिस्टम बनाउन लागेको जानकारी दिदैं प्रधानाध्यापकहरुले पनि आ आफ् ना स्तरीयतामा सुधार गरेर अघि बढनुपर्नेमा जोड दिए ।

उनले विद्यार्थीहरूको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, प्रधानाध्यापक र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको भने । प्रधानाध्यपक संघ नेपालका अध्यक्ष सुदान प्रसाद गौतमले नेपालमा शिक्षाले राज्यको प्राथमिकता प्राप्त गर्न नसकेको गुनासो गर्दै शिक्षा क्षेत्रमा पर्याप्त लगानी र प्रभावकारी नीति कार्यान्वयनका लागि सरकारलाई निरन्तर दबाब दिनुपर्ने अवस्था रहेको बताए । उनले विकसित मुलुकहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताउंदै शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत सेवाको सुनिश्चितता राज्यको दायित्व भएको भने ।

संघका मधेश प्रदेश अध्यक्ष संजय झाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको सहकार्य तथा शिक्षा नीति कार्यान्वयनका चुनौती र समाधानका विषयमा व्यापक छलफल भएको थियो । सो कार्यक्रममा संघसँग आबद्ध प्रदेशभरिका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

Comment


Related News