२०८३ असार २२, सोमबार ०६:३३

सप्तरी प्रहरीले अपहरण भएको १० दिनपछि एक जना बालकलाई आइतबार सकुशल उद्धार गरेको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपाालिका ९ पत्थरगाडा बस्ने मो.कलिमका ८ वर्षीय छोरा मो.परवेजलाई अपहरणमा परेको १० दिनपछि प्रहरीले सकुशल उद्धार गरिएको जनाइएको छ । परवेजलाई १० दिन अगाडि राजविराज स्थित नेता चौकबाट अपरिचित व्यक्तिलाई फकाई अपहरण गरेका थिए ।स्थानीय युवा र नेपाल प्रहरीको सक्रियतामा बालकको उद्धार गरिएको छ भने अपहरणको आरोपमा एकजना महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाललाई अपहरणमा संलग्नको परिचय सार्वजनिक नगरेपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।

Comment


Related News