२०८३ असार २२, सोमबार १२:३६

सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ ।

हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।

सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ ।

चाँदी २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ४ हजार ६०५ रुपैयाँ थियो ।

Comment


Related News