२०८३ असार २३, मंगलवार ११:३५

नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज सुन प्रतितोला दुई लाख ८८हजार रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ५५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News