२०८३ असार २३, मंगलवार १६:३८

गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व भएको भन्दै मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

गृह प्रशासनलाई केवल परम्परागत सुरक्षा निकायमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने सङ्कल्प गरिएको उहाले बताउनुभयो ।

उहाले कागजी आश्वासन र भाषणमा मात्र सीमित नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा आउने गरि आफुले काम गर्न खोजेको धारणा राख्नुभयो ।

गृहमन्त्री गुरुङले आफु जिल्ला–जिल्लामा गएर अनुगमन गरिरहेको र त्यहाँबाट प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरू अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

उहाले जाजरकोट र रुकुम पश्चिम भूकम्प तथा मनसुनजन्य विपद् प्रभावित घरपरिवारको आवास पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकता दिइरहेको जानकारी दिनुभयो ।

आगामी वर्षका लागि जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन गरिएको उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News