२०८३ असार २४, बुधबार १४:१६

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरि सम्पत्ति शुद्धीकरण -मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताउनुभयो ।

उहाले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका केहि प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरेपनि अहिले संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताउनुभयो । विगतमा कसैलाई दुख दिने नियतका साथ उजुरीको दुरुपयोग भएको उल्लेख गर्दै उहाले त्यस्ता समस्यालाई समाधान गर्नका लागि केहि बिषयमा संशोधन गरिएको धारणा राख्नुभयो ।

नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट/बाट बाहिर निकाल्न वर्तमान सरकार गठन भएदेखि नै प्रभावकारी रुपमा काम गरेको र सफलता पनि हासिल हुँदै गएको उहाले बताउनुभयो । बैठकले सम्पत्ति शुद्धीकरण -मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ लाई परिमार्जनसहित पारित गरेको छ ।

Comment


Related News

Latest News

Trending News