२०८३ असार २६, शुक्रबार १३:४२

नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख सचेतक थापाले गणेश नेपालीको निधन प्रतिश्रद्धाञ्जली अर्पण गर्दै राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउन बाध्य भएको र राज्य मुकदर्शक बनेको टिप्पणी गर्नुभएको हो ।

२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो ? भन्दै उहाले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

उहाले अहिलेको घटनामा प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाउनुभयो । सांसद थापाले गणेश नेपालीले आफ्नो शरिरमा आगो लगाउदा समयमा एम्बुलेन्स पठाउनुको साटो प्रहरी प्रशासन लगाएर अपराधी झैँ घिसारेर लगेको उल्लेख गर्नुभयो । थापाले सरकार जनताको जीवन बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाइक बनाउने धाउन्नमा केन्द्रित रहेको आरोप लगाउनुभयो ।

उहाले आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउनु दुखद भएको बताउनुभयो ।

Comment


Related News