२०८३ असार २६, शुक्रबार १४:०७

राज्यको कारण गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्था आएको भन्दै युवाहरुले काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले हत्यारा सरकार मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिव र युवा अट्न नसक्ने हो ? , गरिव मारा सरकार मुर्दावाद लेखिएका प्लेकार्डसहित नारावाजी गरेका थिए । प्रदर्शन गर्दै भद्रकाली हुँदै बीर अस्पताल जान लागेका युवाहरुलाई प्रहरीले भद्रकालीमा नै रोकेको थियो । त्यसपछि युवाहरुले भद्रकालीमा नै बसेर नारावाजी गरेका थिए ।

 

Comment


Related News