२०८३ असार २७, शनिबार १९:०२

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि बनेको करिव दुईतिहाइको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरेपनि जनतामा विश्वास र आशा जगाउन सरकार असफल भएको बताउनुभएको हो ।

उहाले आम जनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशा को वातावरण बढ्दै गएको उल्लेख गर्नुभयो । गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उहाले बताउनुभयो । उहाले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्प्णी गर्नुभयो ।

उहाले उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उल्लेख गर्नुभयो ।

उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको भन्दै उहाले जलविद्युत, कृषि र पर्यटन जस्ता स्रोतहरूको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News