२०८३ असार २८, आईतवार १७:५३

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ।

प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए। तर, विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ।

घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए।

उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन्। यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले। जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ। देशको हालत यही भएको छ। देश भनेको हरेक परिवार मिलेर बनेको हो। आज त्यो परिवार कसैको पनि घरमा छैन। यो सुरुवात मात्रै हो।’

प्रसाईँले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए। ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे। यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने।

उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे। ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने।

Comment


Related News

Latest News

Trending News