विश्वप्रसिद्ध दुई पाँग्रे सवारी साधनका निर्माता टीभीएस मोटर कम्पनीको लोकप्रिय बाइक ‘अपाचे’ को सबैभन्दा शक्तिशाली संस्करणको ‘टीभीएस अपाचे आरटीआर १६० ४ भी’ जनकपुरधाममा लन्च गरिएको छ ।
एक विशेष समारोहका बीच सो बाइक जनकपुरधाममा सार्वजनिक गरिएको छ । समारोहका प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी जनकपुरधामका लागि टिभीएसका अधिकारिक विक्रेता आएन मोटर्सका प्रोपराइटर रामबालक महतो र कम्पनीका जगदम्बा मोटर्स प्रालिका नेसनल सेल्स हेड श्री, हरी न्यौपानेले संयुक्त रुपमा सो बाइक लन्च गरेका थिए ।
यो बाइकमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएमको अपसाइड डाउन सस्पेन्सन र ५ इन्चको टीएफटी क्लस्टरजस्ता अत्यधुनिक विशेषताहरू यस बाइकमा समावेश गरिएको छ । रात्रिकालीन दृश्यात्मकता र उत्कृष्ट नियन्त्रणका लागि यी सुविधाहरू प्रभावकारी हुने कम्पनीको दाबी छ ।
१५९.७ सीसी इन्जिन क्षमता भएको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस पावर प्रदान गर्दछ। राइडरको सहजताका लागि यसमा स्पोर्ट, अर्बन र रेन गरी तीन वटा ‘राइड मोड’ हरू उपलब्ध छन् । सुरक्षाका लागि यसमा ड्युअल– च्यानल एबीएस प्रविधि जडान गरिएको छ ।
५ स्पीड गियरबक्स र १२ लिटरको इन्धन ट्यांकी क्षमता भएको यो बाइक रेसिङ डीएनएमा आधारित रहेको कम्पनीले जनाएको छ । जनकपुरधाम बजारमा यसको एक्स–शोरूम मूल्य ४ लाख २ ९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यो बाइक म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ । समारोहमा बोल्दै जगदम्बा मोटर्सका सेल्स प्रमुख विपिन बोगटीले नेपाली युवा राइडर हरूको चाहनालाई ध्यानमा राख्दै विश्वस्तरीय नवीन प्रविधि भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए । टीभीएसका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले पनि अपाचेले १६० सीसी सेग्मेन्टमा नयाँ बेन्चमार्क कायम गर्ने दाबी उनले गरे ।

