२०८३ असार २९, सोमबार १०:५६
देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
पछिल्लो तीनघण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ । धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ ०८:३६

