प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध कायमै राखेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिनुभयो । उहाले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदबाट माफी माग्नुपर्ने आफुहरुको माग कायमै रहेको बताउनुभयो । सांसद ठगुन्नाले आफुहरुको माग पुरा नभए विरोध नरोकिने स्पष्ट पार्नुभयो । उहाले उचित व्यवस्थापन बिना नै सुकुम्बासीहरूलाई वर्षाको पानीमा डुब्न बाध्य पारिएको भन्दै आपत्ति जनाउनुभयो ।
साथै उहाले राज्य संयन्त्रको दुरुपयोग र प्रतिशोधराज्य संयन्त्र पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण ढङ्गले सञ्चालन भएको आरोप लगाउदै राजनीतिक पूर्वाग्रहका आधारमा पहिले गिरफ्तार गर्ने र पछि अनुसन्धान गर्ने उल्टो विधि अपनाइएको बताउनुभयो ।

