२०८३ असार ३०, मंगलवार १२:३२

सुनको भाउ आज थप घटेको छ।

सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८५ हजार २ सयमा झरेको थियो।

आइतबार तोलामा ६ सय बढेर सुनको भाउ २ लाख ८८ हजार पुगेको थियो।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ घटेर ४ हजार ३ सय ६० रुपैयाँमा झरेको छ।  सोमबार तोलामा १ सय रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको थियो।

गएको आइतबार पनि चाँदीको भाउ ३५ रुपैयाँ घटेर ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको थियो।

Comment


Related News

Latest News

Trending News