२०८३ असार ३०, मंगलवार १३:०५

रास्वपा सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताउनुभएको हो । उहाले व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गर्नुभयो ।

सत्ता पक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उहाले जोड दिनुभयो । उहाले देश, जनता र लोकतन्त्र नै समाप्त भएमा कसैको अस्तित्व नरहने धारणा राख्नुभयो ।

सांसद सिंहले संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र घोचपेच बन्द गरी एकजुट हुन आग्रह गर्नुभयो ।

सबै दल मिलेर एउटा साझा राष्ट्रिय मुद्दा तय गर्न सके देश, संविधान र लोकतन्त्रको रक्षाका साथै जनताको निराशालाई आशामा बदल्न सक्ने उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News