२०८३ असार ३०, मंगलवार १६:२५

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई मानवअधिकार संरक्षण सम्बन्धी अपिलपत्र बुझाएको छ।

असार ३० गते मंगलबार आयोगका अध्यक्ष मगरकै कार्यकक्षमा पुगेर बुझाइएको उक्त अपिलपत्रको अवसरमा आयोगका अन्य सदस्य तथा सदस्य–सचिवको समेत उपस्थिति थियो।

अपिलपत्र बुझिसकेपछि अध्यक्ष मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गरे। प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धता उनले व्यक्त गरेको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिए।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराएको छ। उनीहरूले तत्काल स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आयोगसँग आग्रह गरेका छन्।

Comment


Related News

Latest News

Trending News