२०८३ असार ३१, बुधबार १४:३३

नेपाल एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा जापानलाई ९ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले मात्र ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि सावित्री धामीले नटआउट रहँदै ४१ रन बनाइन् । उनले ३२ बलमा ७ चौका प्रहार गरिन् ।

कप्तान सोनी पाख्रिन पनि २२ बलमा १८ रन बनाउँदै नटआउट रहिन् । उनले २ चौका प्रहार गरिन् । ओपनर साना प्रविणले १६ बलमा ३ चौकाको मद्दतले १८ रन बनाइन् ।

यसअघि, जापान निर्धारित २० ओभरमा ८६ रनमा अलआउट भएको थियो ।  टोलीका लागि कप्तान वियांका सिनोले सर्वाधिक ३८ रन बनाइन् । आयाने सकुराबा र किचो सुजुकीले समान १०-१० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जापानलाई सस्तोमा समेट्न रिया शर्मा र कृष्मा गुरुङले २-२ विकेट लिइन् । अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १-१ विकेट हात पारे ।

Comment


Related News

Latest News

Trending News