२०८३ असार ३१, बुधबार १७:४०

सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची संसदमा बुझाइएको र मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्षका रुपमा घोषणा गरेको जानकारी दिनुभएको हो । प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई कानून सुधार तथा निर्माण वर्ष का रूपमा घोषणा गरिएको उहाले बताउनुभयो ।

साथै मन्त्री गौतमले प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाले आगामि आर्थिक वर्ष कानून सुधार वर्ष भएको हुँदा कार्यतालिका उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेस हुनसक्ने भएकाले कार्यतालिकामा समावेश गरिएका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नु पर्ने अवस्था आएमा प्राथमिकता समेत हेरफेर हुन सक्ने कुरा सक्ने उल्लेख गर्नुभयो ।

सङ्‍घीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्‍चालनमा ल्याइने तयारी गरिएको मन्त्री गौतमले बताउनुभयो ।

उहाले कानून निर्माणको लागि सुझावहरु सङ्‍कलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले सुझाव पोर्टल सञ्‍चालन गरी आम नागरिक तथा सरोकारवालाबाट सुझावहरू सङ्‍कलन गरिरहेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News