२०८३ असार ३२, बिहीबार १३:०३

प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गर्दैछन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा केहीबेरमा सुरु हुनेछ ।

बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच छलफल हुने कार्यक्रम रहेकाे बताइएकाे छ ।

छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।

बैठकमा महिला उद्यमीहरूले आफ्नो क्षेत्रका चुनौती, अवसर तथा सरकारसँगको सहकार्यका सम्भावनाबारे सुझाव प्रस्तुत गर्ने बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News