२०८३ श्रावण १, शुक्रबार ०९:३४

रौतहटको पूर्विभेग सर्लाही संग सिमाना जोडिएको भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)बाट प्राप्त अत्यन्त संवेदनशील सूचनाको आधारमा बिहीवार साँझ प्रहरीले दुई जना संदिग्ध युवकलाई पक्राउ गरेको छ।

अनुसन्धान निकायका अनुसार उनीहरू पाकिस्तानमा रहेका गिरोहका सदस्यसँग सम्पर्कमा रही भारतमा साम्प्रदायिक तनाव फैलाउने तथा ठूलो हिंसात्मक घटना गराउने योजनामा संलग्न रहेको आशंका गरिएको छ।

समयमै कारबाही गर्दै प्रहरीले सम्भावित घटना हुनबाट रोकेको जनाएको छ। घटनाबारे स्थानीय प्रहरी र केन्द्रीय अनुसन्धान निकायले संयुक्त रूपमा थप अनुसन्धान गरिरहेका छन्।

पक्राउ पर्नेमा गाढा थाना क्षेत्रको पकौर गाउँ निवासी मोहम्मद इक्लाख र मोहम्मद अरमान रहेका छन्। गोप्य सूचना र प्राविधिक निगरानीका आधारमा प्रहरीले गाढा थाना क्षेत्रको टकौर गाउँलाई चारैतर्फबाट घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटना कार्यान्वयन गरेपछि उनीहरू दिल्ली भाग्ने तयारीमा रहेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अनुसन्धानमा दुवै जना इन्स्टाग्राममार्फत पाकिस्तानमा रहेका ुएम। राणाु र ुमो। खान जानु नामक गिरोहका व्यक्तिहरूसँग सम्पर्कमा रहेको तथ्य फेला परेको छ। उनीहरूले भारतमा साम्प्रदायिक सद्भाव बिगार्ने तथा भीडद्वारा हुने हिंसात्मक ९मब लिञ्चिङ० प्रकृतिको ठूलो घटना गराउने योजना बनाइरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरूलाई सीमा पारबाट आर्थिक सहयोग तथा ठूलो रकमको प्रलोभनसमेत दिइएको खुलेको प्रहरीको दाबी छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्ति वा सञ्जालको खोजी भइरहेको जनाएको छ। साथै पक्राउ परेका दुवैमाथि थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

Comment


Related News

Latest News

Trending News