२०८३ श्रावण १, शुक्रबार १५:२८

प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाले उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो ।

छलफलका क्रममा जुत्ता–चप्पल उत्पादक तथा व्यवसायीहरुले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न आग्रह गरेका थिए । त्यस्तै गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडेले जानकारी दिनुभयो ।

त्यस्तै व्यवसायीहरुले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News