२०८३ श्रावण १, शुक्रबार १९:३२

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच शुक्रबार ९ बुँदे सहमति भएको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको लामो छलफलपछी सहमती भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमतिसँगै पीडित पक्षले विगत ९ दिनदेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। जनकपुरको त्रितियागाछीबाट सुरु भएको …पैदल न्याय मार्चÚ बाराको निजगढ पुगेपछि सरकार र पीडित पक्षबीच वार्ता अघि बढाइएको थियो। त्यसपछि दुवै पक्षबीच भएका छलफलपछि ९ बुँदे सहमति भएको हो। सहमतिमा मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि कानुनी तथा नीतिगत सुधार अघि बढाउने, पीडितका माग सम्बोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने तथा वार्तामार्फत समस्याको दीर्घकालीन समाधान खोज्ने लगायतका विषय समेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले बताउनुभयो ।

सरकार र पीडित पक्षले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर संवादलाई पनि अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सहमतिसँगै आन्दोलन तत्कालका लागि रोकिए पनि पीडितहरूले भने सरकारका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भए मात्रै आन्दोलनको वास्तविक उपलब्धि हुने बताएका छन्। विगतमा पनि सरकार र मिटरब्याज पीडितबीच भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अनुभव भएकाले यसपटक पनि कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको मिटरब्याज बिरुद्धको किशान सघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहले बताउनुभयो ।

यस्तै, पीडितका गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिने सचिव सापकोटाले जानकारी दिनुभयो ।

 

Comment


Related News

Latest News

Trending News