२०८३ श्रावण ३, आईतवार ०६:३३

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  का सभापति रवि लामिछाने सरकारको गतिविधिबाट सशंकित बनेका छन् ।

सरकारको निर्णयले ठूलो ‘ड्यामेज’  गरेको खण्डमा त्यसलाई रातारात परिवर्तन गर्नुपर्ने बताएका छन्। सभापति लामिछानेले निर्णयहरूमा कहिलेकाँही समस्या आउन सक्ने र त्यो परिवर्तनशील हुने बताएका हुन् । विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरुलाई पार्टीमा भित्र्याउँदै उनले भने, सरकारको निर्णय जनहित विपरीत भए तत्काल पार्टीले हस्तक्षेप गरी अभिभावकत्वको भूमिका निर्वाह गर्नेछ ।’भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ ’ उनले भने, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यस्ता निर्णय परिवर्तन हुन्छ । त्यसमा चिन्ता गर्नुपर्दैन,’ यसले धेरै ठूलो ड्यामेज गर्यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ ‘उनले भने, त्यसमा पार्टी पछि पर्दैन् । हजारौं निर्णय गर्दा दुई चारवटाले विवादमा ल्याउन सक्ने उनले बताए । ‘असल त असल सोचेको हो । तर गर्दै जाँदा, व्यवहारमा जाँदा, फिल्डमा जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदा खेरि त्यही निर्णयको परिणाम किसानको विपक्षमा भइदिन पनि सक्छ पनि उनले भने सुरूवातमा विवाद हुने कयौं निर्णय कालान्तरमा सही प्रमाणित हुने पनि उनले बताए ।’कहिलेकाहीँ नेतृत्वले एउटा उद्धेश्यका साथ, भिजन देखेर त्यसलाई राखेको हुन्छ ’ लामिछानेले भने, त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीहरूले गर्दा त्यो खराब हो कि खत्तम हो कि हुँदैन कि भने जस्ता भाष्यहरू आउँछन् । सुरूवातमा कैयौं विवादमा आएका धेरै चिजहरू कालान्तरमा सही प्रमाणित हुन्छन्,’ उनले भने। अहिलेको सरकारको नियतमा कुनै पनि शंका नरहेको पनि सभापति लामिछानेले बताए। ‘ निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ ’ उनले भने, त्यसलाई करेक्सन गर्न सकिन्छ । नियत खराब भए कहाँ करेक्सन गर्ने ?प्रश्न गर्दै उनले नियत करेक्सन गर्न गाह्रो हुने
बताए ।

Comment


Related News

Latest News

Trending News