मार्वल कम्पनीको लोगो र नाम चोरेर नक्कली बोरबेल-पाइप) उत्पादनगरि बेचबिखन गरेको अभियोगमा पक्राउ परेका नवल मुरारका भन्ने नवकृष्ण मुरारकालाई सिरहास्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।
सुचना अधिकारी समेत रहेका डीएसपी रमेश बहादुर पालले जनाए अनुसार राती उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पतालमा पठाइएको हो । जिल्ला प्रहरी कार्यालयमा थुनुवा कक्ष बाहिर राख्दा व्यापक आलोचना हुने भयले मुरारकाका आफन्तहरुले अस्पतालमा भर्ना गराउन सफल भएको बताइन्छ । प्रहरीलाई नै प्रभावितगरि मुरारकालाई अस्पताल पठाइएको नाम सार्वजनिक गर्न नचाहने एकजना उनका सहयोगीले बताए ।
‘प्रहरीको कृपाले अस्पतालमा राखिएको छ ’उनले भने, उनलाई अस्पतालमै भर्ना गर्नुपर्ने कारण भन्दा उद्योगीको रुपमा सुबिधा मात्र दिएको छ । मुरारकाको ससुराली समेत सिरहा जिल्लामा रहेकोले उनका आफन्तहरुले चाँजोपाँजो मिलाएको बताइएको छ । बिहिवार जनकपुरधामबाट पक्राउ परेका मुरारकालाई जिल्ला अदालत सिरहाले अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद शुक्रवार दिएको हो ।
विहिवार प्रहरी हिरासतमा रहेका मुरारका शुक्रवार अबेर राती प्रादेशिक अस्पताल गएका हुन् ।उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएको अस्पताल स्रोतले जनाएको छ । ‘ट्रेडमार्क’ चोरेर नक्कली बोरबेल तीन वर्ष बढी देखि उत्पादनगर्दै आएका मुरारकाको कारण मार्वल कम्पनी टेक्नो प्लास्ट कम्पनीलाई भारी क्षति पुगेको मार्केीटंग म्यानेजर सुदिप न्यौपानेले दावी गरेका छन् । मुरारकाले २०६५ सालमा बनाएको जन्मसिद्ध नागरिकतापनि प्रहरीको अनुसन्धानमा परेको छ ।उनी भारतको मधुवनी जिल्लाको बासोपट्टीका स्थायी बासिन्दा हुन् ।
तर नेपालमापनि नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता बनाएको खुलासा भएको छ ।

