२०८३ श्रावण ३, आईतवार ११:३३

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीन वटै पार्टी मिलेर सरकार बनाउन प्रस्ताव आएको बताएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेशहरूमा सरकार गठनको प्रस्ताव आएकोतर्फ संकेत गरेका उनले यस्तै गर्न नहुने बताए।

‘अहिले एउटा प्रस्ताव आइरहेको छ- तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ, हामीले भन्यौं, गलत यो हुँदैन, यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ,’ ललितपुरमा आज आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘बागमती सरकार के हुन्छ भनेर साथीहरूले यहाँ सोध्नुभएको छ, कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन।’ प्रदेशमा ३ वटा पार्टी मिलेर सरकार बनाउनु भनेको प्रदेश सभा प्रतिपक्षबिहीन बनाउनु रहेको उनको भनाइ छ।

अहिलेको कांग्रेसले सोच्ने र प्राथमिकता बदल्न खोजेको उनले बताए।

कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता गरेर मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ। नेकपा एमालेसँग विगतमा गरिएको समझदारीलाई अब निरन्तरता नदिने पक्षमा कांग्रेसका नेताहरू छन्, त्यसैले प्रदेश सरकारमा नेतृत्व परिवर्तनको चर्चा भइरहेको छ।

Comment


Related News

Latest News

Trending News