२०८३ श्रावण ५, मंगलवार ०७:३३

वर्षाको पानीले वीरगञ्ज महानगरका ५ वडाको तीन सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ २६, २८ र २० का खेतीयोग्य जमिन डुबेको हो । प्रतिनिधि सभाका सांसद सुशीलसाह कानुले डुबान क्षेत्रको स्थलगन निरिक्षण गरेका छन ।

रोपाईका तैयारी गरिए पनि बिउ र खेत डुबानमा परेपछि किसानले रोपाइ गर्न नसकिएको बाध्यता व्यक्त गर्दै सांसद कानु समक्ष बहाव रोकिएको कारण डुबानमा परेका बताउदै पिडित स्थानियले निकासको लागी अबिलम्ब पहल गर्न अनुरोध गरे । पूर्व गाविस अध्यक्ष एवम वीरगञ्ज महानगर– २४ का किसान रामाशंकर द्विवदीले जथाभावी प्लटिगं र जमिन भन्दा माथि सडक विभागले नाला निर्माण गरेको कारण खेतीयोग्य जमिन डुबानमा परेका गुनासो पोखे । स्थानीय पीडितहरुले डुबानको कारण आफुहरु बाली लगाउन नपाएको दुखेसो व्यक्त गर्दै सांसद कानुसंग भने, ‘वर्षात्देखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान राप्न नसकिने अवस्था छ । डुबानले गहुँखेती गर्न पाएका छैनौ’, स्थानियले भने । ।डुबान क्षेत्रको अवस्थाको बारेमा सरकारका सरोकारवाला मन्त्रालयमा पहल गर्नुका साथै स्थानीय प्रशासन तथा स्थानिय जनप्रतिनिधिहरुसंग छलफल गर्दै अबिलम्ब निकासको लागी छिटै पहल गर्ने प्रतिवद्धता समेत सांसद कानुले व्यक्त गरेका छन ।

‘डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो । तर, हाम्रो समस्या भने जस्ताको तस्तै छ, कम्तीमा वर्षायाममा पनि डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो’, उनले बताए । उनको जस्तै समस्या वीरगञ्ज महानगर–२४ बहुअरीका किसान राधेश्याम द्विवेदीले पनि भोग्दै आएका पिडा बताए । वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको गर्मिधान जसोतसो काट्न ठुलो लगानि गर्नु परेको उनले गुनासो पोखे । पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी छ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै जथाभाबी प्लटिगले प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या बढदै गएको हो ।

विगतमा नारायणी सिचाइले निर्माण गरेको क्यानल र अलौँबाट पानीको निकास हुँदै आइरहेको थियो । तर, विभिन्न खालका व्यक्तिगत पूर्वाधार संरचना निर्माण भएपछि प्राकृतिक रूपले पानीको बहाव रोकिएपछि किसानको खेत तथा घरमा डुबानको समस्या परेको हो । वीरगञ्ज महानगर–२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिन मात्र नभएर पाँचवटै वडावासीको सयौ घर र गोठमा पानी जम्ने समस्या रहेको बताए । ‘पाँचवटै वडाका विभिन्न घर डुबानमा परेका छनÆ, उनले भने, ‘तीन– चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।’ महानगर–२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा एक दर्जनभन्दा बढी घर डुबानमा परेको बताइएको छ । वीरगञ्ज महानगर–२४ का वडाध्यक्ष बिजय पटेलले सडक सुख्खा बन्दरगाह लगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताए ।

वीरगञ्ज महानगरले गत कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको बताए । पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरको विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय पहल गरेपनि खासै उपलब्धि हुन नसकेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News