२०८३ श्रावण ६, बुधबार ११:५३
प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय तथा मन्त्रालयगत एजेन्डामाथि छलफल र निर्णय हुनेछ।

