२०८३ श्रावण ६, बुधबार १६:०४

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले साङ्गठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधबार जनकपुरमा नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्ने, अन्यथा ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको समेत बताउनुभयो ।

प्रचण्डले पार्टीभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा केही तलमाथि परेको स्वीकार गर्नुभयो ।

उहाले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यबिभाजनलाई पुनरावलोकन गरी मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

Comment


Related News

Latest News

Trending News