२०८३ श्रावण ७, बिहीबार ०७:३७

सबैभन्दा भ्रष्टाचारको उजुरी पर्ने प्रदेशमा मधेश प्रदेश पहिलो स्थानमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार आर्थिक बर्ष २०८२/०८३ सम्ममा ३ हजार ७ सय ३९ वटा उजुरी दर्ता मधेश प्रदेशबाट परेको हो ।

धनुषाको स्थानीयतहको तथ्यांक हेर्दा आर्थिक बर्ष २०८२/०८३ मा सब भन्दा बढि बिदेह नगरपालिकाको १ सय २८ बटा उजुरी दर्ता भएको छ भने दोश्रोमा जनकपुर उप–महानगरपालिकाको १ सय २४ वटा उजुरी दर्ता भएको छ तथ्यांकले देखाएको छ ।

नेपालमै सब भन्दा बढि सुशासनको समस्या र भ्रष्टाचारको केन्द्र बिन्दु मधेश प्रदेश नै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको तथ्यांकले देखाउंछ ।

सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार, सार्वजनिक पद र अधिकारको दुरूपयोग तथा सरकारी अनुगमन, कारबाहीमा फितलोपनाका कारण भ्रष्टाचार बढेको आयोगको कार्यालय बर्दिबासका सुचना अधिकारी प्रकाश पोखरेल बताउँछन् ।

आर्थिक बर्ष २०८२/०८३ मा आयोगको कार्यालय बर्दिबासको कार्यक्षेत्र रहेको १० जिल्लामा सबभन्दा बढि धनुषामा १ हजार १ सय ९५, महोत्तरीमा ७ सय ८०, सिरहामा ६ सय ७७ गरी कुल ३ हजार ७ सय ३९ वटा उजुरी दर्ता भएको छ भने सब भन्दा कम उजुरी रौतहटमा जम्मा ८ वटा मात्र दर्ता भएको छ ।

सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा अपेक्षित प्रगति हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारले पनि खासै ध्यान नदिएको तथा न्यालयको निर्णयलाई समेत अवमूल्यन हुदै आएकोले भ्रष्टाचारमा दण्डहीनता बढेको नागरिक समाजका अगुवाहरुको भनाई छ ।

Comment


Related News

Latest News

Trending News