२०८३ श्रावण ८, शुक्रबार १७:२१

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रियता, संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको संरक्षण गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । गरीबी, अभाव, बेरोजगारी र युवाहरूका गम्भीर समस्याहरूविरुद्ध समेत सशक्त आवाज उठाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको उहाको भनाइ छ । उहाले कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रियताका पहरेदार भएकाले सामन्तवादको उन्मुलन र जनाधिकारका लागि कम्युनिस्टहरूले नै लोकतन्त्रको सम्वाहक बन्नुपर्ने उल्लेख गर्नुभयो ।

सत्तामा जाने बित्तिकै विदेशीसामु झुक्नुपर्छ भन्ने मानसिकता गलत रहेको भन्दै उहाले आफ्नो देशको हितमा दृढताका साथ आवाज बुलन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले अनावश्यक रूपमा अतिवादी बन्ने वा घुँडा टेक्ने वा आत्मसमर्पण गर्ने दुवै प्रवृति गलत भएकाले

विदेशी स्वार्थलाई बुझेर सतर्क हुँदै देशको स्वाभिमान जोगाउनुपर्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News