२०८३ श्रावण ९, शनिबार ०७:३७

पछिल्लो समय जनमत पार्टीबाट फुटेका प्रोफेसर कैलाश महतो नेतृत्वको ‘स्वाधीन मधेश जनअभियान’ ले जनकारवाही अभियान संचालन गरेको छ ।

तराई–मधेशमा सक्रिय यी समूहले अभियान अन्तर्गत जननिर्वाचित प्रतिनिधि -सांसद)हरूलाई निशाना बनाउन थालेको देखिन्छ । ‘मधेश मुक्ति अभियान’ समूहका कार्यकर्ताहरूले हालै रौतहटस्थित रास्वपाका एक सांसदलाई कालो मोसो (मसी) दलेका छन् भने बाराका अर्का सांसदलाई धम्की दिएका छन् । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेललाई बिहीबार राति गढीमाई नगरपालिका– ७, पर्सामा कालो मसी दलेर तिनीहरुले दुव्र्यवहार गरिएको थियो ।

स्थानीय नागरिकका समस्या र मलखादको अभावबारे ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने तयारीमा रहेको बेला पौडेललाई कालोमोसो दलिएको थियो । राति करिब सवा ८ बजेतिर कार्यक्रम सकेर निस्किन लाग्दा मास्क लगाएका २–३ जना व्यक्तिहरूले पछाडिबाट अङ्गालो हाले जस्तो गरी उनको ढाडमा कालो मसी दलेर भागेको बताइएको छ । मसी दल्नेहरूले हातमा रातो झण्डा र पर्चाहरू बोकेका थिए । उनीहरू ‘मधेश मुक्ति अभियान’ का कार्यकर्ता रहेको सांसद पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै पुष्टि गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ‘फगु’ (वा फुगु) भनिने मुख्य अभियुक्तको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ । यस्तै, प्रकृतिको अर्को घटनामा, बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहलाई मोसो दल्ने धम्की सामाजिक सञ्जाल फेसबूकमार्फत दिएको आरोपमा प्रहरीले अभियानसँग आबद्ध नेजामुद्धिन अन्सारीलाई नियन्त्रणमा लिएको छ । अन्सारीले सांसद साहले चुनावी घोषणापत्र अनुसार काम नगरेको भन्दै जहाँ भेटे पनि मोसो दल्ने भनी साउन ४ गते सामाजिक सञ्जालमा खुला धम्की दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराले उनलाई साउन ७ गते नियन्त्रणमा लिएको थियो ।

‘रास्वपाको संघीयता विरोधी गतिविधिका कारण पनि आफूहरूले जनकारबाही थालेको’ सो समूहका एक नेताले संचारकर्मीसँग कुरा गर्दै बताएका छन् । उनले भने ‘चुनावअघि प्रधानमन्त्री वालेन्द्र शाहले जनकपुरधाममा भाषण गर्दा काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो भनेका थिए । तर, अहिले उनको सरकार र पार्टीले संघीयता विरोधी गतिविधि गरिरहेको छ । मधेशको छोरोलाई प्रधानमन्त्री बनाउने भनेर जनताले मत दिए पनि अपेक्षाभन्दा ठीक विपरीत काम भइरहेको छ ।’

अभियानका संयोजक महतो विगतमा डा. सीके राउतले नेतृत्व गरेको भूमिगत संगठन ‘स्वतन्त्र मधेश गठबन्धन’का केन्द्रीय सह–संयोजक थिए । त्यतिबेला उनी डा. राउतपछिका सबैभन्दा शक्तिशाली र दोस्रो वरीयताका नेता मानिन्थे । अलग देशको एजेन्डा बोकेर हिँड्दा र विभिन्न ठाउँमा सम्बोधन गर्दा महतोलाई नेपाल प्रहरीले धेरैपटक नियन्त्रणमा लिएको थियो ।

सन् २०१५ मा सर्लाही र सन् २०१८ मा नवलपरासीको बुद्ध चोकमा भाषण गरिरहेकै अवस्थामा उनी पक्राउ परेका थिए । उनीमाथि लामो समयसम्म ‘राज्यविरुद्धको अपराध’को मुद्दा समेत चलेको थियो । २०७५ फागुनमा डा. सीके राउतले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आउने र ‘जनमत पार्टी’ गठन गर्ने निर्णय गरे ।

महतो पनि शुरूमा जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय समितिमा रहे । तर, डा. राउतले मधेशको मूल मुद्दा -स्वाधीनता र आत्मनिर्णय) छाडेर सत्ताकेन्द्रित राजनीति शुरू गरेको भन्दै महतो असन्तुष्ट बने । त्यसपछि महतोसहित ७ जना केन्द्रीय सदस्यहरूले राउतको कार्यशैलीको विरोध गर्दै सामूहिक रूपमा जनमत पार्टी परित्याग गरेका थिए । त्यसबेला डा. राउतले महतोमाथि पार्टीको अति गोप्य सूचना विदेशी एजेन्टहरूलाई चुहाएको र जासुसी गरेको गम्भीर आरोप लगाएका थिए ।

जनमत पार्टीबाट अलग भएपछि महतोले आफ्नै नेतृत्वमा १४ सदस्यीय ‘स्वाधीन मधेश जनअभियानÚ नामक संगठन खोलेर तराईमा पुनः पकड स्थापित गर्ने प्रयास गरेका थिए । उनले यस अभियानलाई गैर–दलीय आन्दोलनका रूपमा अघि बढाए र अन्ततः यही संगठनलाई थप आक्रामक बनाउँदै अहिले ‘मधेश मुक्ति अभियानÚका रूपमा अगाडि सारेका छन् ।

Comment


Related News

Latest News

Trending News