‘राज्य जतिसुकै बलियो किन नहोस्, नागरिकको शक्ति सामु निरीह हुन्छ ।’ छिमेकी राष्ट्रहरु श्रीलंका, बंगला देश र हाम्रै देश नेपाल यसका ताजा उदाहरण हुन् । झण्डै दुई तिहाइ बहुमतको अर्का छिमेकी भारतमा भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकार अचेल यस्तै नियति बेहोरी रहेको छ ।
युवा पुस्ताको शान्तिपूर्ण आन्दोलनले मोदीको ५६ ईंचको सिना -छाती) को गति तीव्र बनाएको छ । तीन सातादेखि दिल्लीको जन्तर मन्तरमा जारी युवा पुस्ताको आन्दोलनलाई टेरपुच्छर नलगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार मध्यराति भिडियो संदेश जारी गर्दै युवाहरुले उठाउँदै आएको विषय अर्थात् ‘निट पेपर लिक’ मुद्दामा पहिलो पटक मुख खोलेका छन् ।
मोदीको यस ‘यू–टर्न’ उनी दबावमा आएको प्रष्ट संकेत गर्दछ । ६ जूनदेखि भारतको राजधानी दिल्लीमा चल्दै आएको युवा अभियन्ता अभिजीत दिपके नेतृत्वको कोक्रोच जनता पार्टीको प्रदर्शन र प्रदर्शनसंगै शुरु भएको लद्दाखका वातावरण अभियानी सोनव वांग्चुकको अनसनलाई केही सञ्चार माध्यमहरु सन् २०११ मा अन्ना हजारेको नेतृत्वमा भएको ‘इन्डिया अगेन्स्ट करप्सन’ आन्दोलन भन्दा पनि विशाल रहेको रिपोर्ट सार्वजनिक गरेका छन् । तर राजनीतिक विश्लेषक योगेन्द्र यादव भने युवाहरुको यस विद्रोहलाई भारतमा ५० वर्ष अघि सन् १९७४ मा जयप्रकाश -जेपी) को नेतृत्वमा भएको आन्दोलनसंग तुलना गरेका छन् ।
योगेन्द्र यादवका अनुसार, अन्ना हजारेको आन्दोलन भ्रष्टाचार विरुद्धमात्र थिए तर कक्रोच जनता पार्टीको आन्दोलनमा युवाहरु शिक्षा, रोजÞगार, राजनीतिसंगै विकास जस्ता राष्ट्रिय मुद्दाहरु पनि उठाएका छन् । फेरी यो आन्दोलन युवाहरुको हो । जसको संख्या देशमा सबभन्दा अधिक छ । जो पटक पटक पेपर लिक भएको देख्दै छन् । जो बेरोजगार छन् । भ्रष्टाचारको कारण दोषीमाथि कार्यवाही हुन सकि रहेका छैनन् ।
कोक्रोच जनता पार्टी(सीजेपी) के हो ?
भारतीय सर्वोच्च अदालतका न्यायधीश सूर्यकान्त एउटा मुद्दाको सुनुवाइको क्रममा भारतका युवाहरुलाई कक्रोच (साङलो/तेलचट्टा) वा भनौँ भने पारासाईटको संज्ञा दिएका थिए ।
पारासाइट अर्थात् उपियाँ जस्तै अरुको रगत खाएर बाँच्ने जीव । भारतका सुप्रिम कोर्टका न्यायाधिश सूर्यकान्तको यो अभिव्यक्ति अमेरिकाको बोस्टन युनिभर्सिटीमा स्नोत्कोत्तरको पढाइ गरी रहेका अभिजीत दिपकेलाई मन परेन । उनले सामाजिक सञ्जालमा एउटा व्यंगात्मक अभियान चलाउनु भयो– ‘हो हामी कक्रोच हौँ । यदि सबै कक्रोच एक ढिक्का भयो भने तिम्रो के हुन्छ दिपकेको यो अभियानलाई भारतीय युवाहरुले मन पराए । उनले बनाएको अकाउन्टलाई इन्स्टाग्राममा एक हप्तामै २ करोडले फलो गरेका थिए । यो ठ्याक्क यस्तै घटना थियो, जब नेपालमा सत्ताधारी तथा सत्ताधारी जातिहरु मधेशमा बस्नेहरुलाई अपमान गरेर मधेशी र मर्सिया भन्थे । पछि मातृकाप्रसाद यादव जस्ता नेताहरुले भन्न थाले–’हो हामी मधेशी हो । गर्वसँ कहु, हम मधेशी छी । भगौडा नइ धरतीपूत्र छी ।’ अचेल भारतमा कोक्रोचहरु मोदीको सत्तालाई नराम्ररी हल्लाएको छ ।
पेपर लिक के हो ?
नेपालजस्तै भारतमा पनि मानव विज्ञान -एम.बी.बी.एस. /बी.डी.एस. / बी.ए.एम.एस. आदि विषयमा स्नातक) मा नामाकंन गराउन राष्ट्रिय स्तरको प्रवेश परीक्षा दिनु पर्दछ । जसलाई National Eligibility cum Entrance Test (NEET) परीक्षा भनिन्छ । परीक्षाको आयोजन नेशनल टेस्टिङ एजेन्सीले गर्दछ । यो एजेन्सी भारतको केन्द्रिय सरकार शिक्षा मन्त्रालय अन्तर्गत संचालित छ । नीट परीक्षाको प्रश्न पत्र पटक पटक लिक भएको इतिहास छ । वर्ष २०२४ मा पनि प्रश्न पत्र लिक -परीक्षा अधि नै बाजारमा आएको) भएको थियो । २०२६ को मईमा सम्पन्न नीट परीक्षाको प्रश्न पत्र पुनः लिक भयो । केहि थान कर्मचारी र बिचौलियालाई पक्राउ गरिएपनि परीक्षाको प्रश्नपत्र, परीक्षा सञ्चालन तथा उत्तर पुस्तिका जाँचसम्म गर्ने अधिकार प्राप्त नेशनल टेष्टिङ एजेन्सीका पदाधिकारी तथा शिक्षा मन्त्री धमेन्द्र प्रधानमाथि कार्यवाही गरिएन । परीक्षामा भारतभरिबाट झण्डै २२ लाख परीक्षार्थी सहभागी भएका थिए । प्रश्नपत्र आउट भएपछि मिहिनेत र खर्च बर्बाद भयो भन्दै दुःखी भएर झण्डै २० जना परीक्षार्थी आत्महत्या गरेका थिए । विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजिनामा मांग गर्दै कक्रोच जनता पार्टी शान्तिपूर्ण आन्दोलनमा उत्रेको थियो ।
आन्दोलनकारीको निसानामा गोदी मिडिया
नरेन्द्र मोदीको दोश्रो इनिंग सुरु भएयता भारतीय मूलधारका मिडियाहरुलाई त्यहाँका स्वतन्त्र राजनीतिक विश्लेषक तथा पत्रकारहरु गोदी मिडियाको संज्ञा दिँदै आएका छन् । गोदी मिडिया अर्थात् प्रधानमन्त्री नरेन्द्र मोदीका भजन मण्डली । जन्तर मन्तरमा देशँभरिका युवाहरु शान्तिपूर्ण आन्दोलन गरि रहदा निजी क्षेत्रका जी–न्युज, आजतक, एबीपीसंगै सरकारी दूर दर्शन जस्ता मिडियाहरु आन्दोलनको विरोधमा विष वमन गर्दै थिए । दूर दर्शनका सुधीर चौधरीको प्रश्न थियो–’आन्दोलनकारीहरुले पिताका उमेरका सुरक्षाकर्मीमाथि दुरव्यावहार गरे ।’ जबकि उनि भन्न सक्थे–’सुरक्षाकर्मीहरुले आफ्ना छोरा छोरीका उमेरका युवाहरुमाथि आक्रमण गरे ।’ गोदी मिडियाका अर्का भेट्रान पत्रकार अर्नव गोस्वामीले त अभिजीत दिपकेलाई दंगाई र लिंचिङ बिग्रेडका लिडर सम्म भन्न भ्याए । अर्नव गोस्वामीले दिपकेसंग प्रश्न गरे–’कोचिङ सेन्टर चलाएर लाखौं करोडौ कमाउँनेसंग कति सम्पति छन् ? सोध्ने हिम्मत छ ?? युवा आन्दोलनमा यदि कुनै सबभन्दा बढी बदनाम भएको छ भने त्यो हो गोदी मिडिया । गोदी मिडियासंग आवद्ध पत्रकारहरुलाई कार्यक्रमस्थलबाट अपमान गरेर धपाइयो । केहीमाथि हातपात समेत भयो ।
मिडियाकर्मीमाथि अपमानपूर्ण व्यावहारको म व्यक्तिगतरुपमा विरोध गर्दछु । तर मिडिया तथा मिडियाकर्मीहरुले पनि के हेक्का राख्नु पर्दछ भने लोकतन्त्रमा मिडिया जनताको बोली बोल्छ । प्रतिपक्षको भूमिका निर्वाह गर्दछ । कुनै नेता वा सरकार प्रमुखको सीतल छायामा बसेर युवाहरुको सपनासंग खेलवाड गर्दैन । आन्दोलनको आयतन देखेर प्रतिपक्षी दल, सर्वोच्च अदालतका वकिल, पत्रकार, साहित्यकार तथा वलिउडका ख्यातिप्राप्त नामहरु आन्दोलनप्रति ऐक्यवद्धता जनाउँन थालेका छन् । राजधानी दिल्लीबाट सुरु भएको युवा आन्दोलन देशभरि फैलिन थालेको छ । युवा शक्तिको अगाडि मोदी सरकार पनि झुक्न थालेको छ । गोदी मिडियाका भेट्रान एंकरहरु मिडियाकर्मीहरुमाथि भईरहेको दुरव्यावहार रोक्न अपिल गर्न थालेका छन् । अर्को शब्दमा भनौ भने हिन्दीको उखान जस्तै वल्ल उँट पहाडको तल आएको छ । तर म भन्छु– ‘बहुद देर करदी, हजूर आते आते ।’

