२०८३ श्रावण १०, आईतवार ०६:४२

जनकपुरधामस्थित गुठी संस्थानले राजगुठी अन्तर्गतका सात वटा पोखरीको अतिक्रमित जग्गा खाली गराउन भन्दै सार्वजनिक गरिएको सूचना अनुसारको अभियान तत्कालका लागि अघि सरेको छ ।

सूचना सार्वजनिक भए लगतै जनकपुरधाममा अफरातफरीको महौल उत्पन्न भएको थियो । सात नपुग्दै गुठी संस्थानमा प्रशासक परिवर्तन र अन्य पोखरी समेतलाई समेटेर अभियान अघि बढाउने कुरा आएपछि तत्कालका लागि अनौपचारिका रुपमा अतिक्रमणमुक्त अभियान स्थगित गरिएको बुझिएको छ । गुठी संस्थान जनकपुरका प्रमुख किशोर कुमार झाले भने एक साताअघि गुठीको जग्गा अतिक्रमण मुक्त पार्ने अभियान अन्तर्गत पहिलो चरणमा पोखरी अतिक्रमण उद्देश्यले केही सिमित पोखरी बारे सूचना प्रकाशन गरिएको थियो ।

तर अभियान संचालन नहुँदै गुठी प्रशासक नै परिवर्तन भएपछि व्यवस्थापकीय कुरा केही समय लाग्ने भएकाले सबै कुरा बुझेर अघि बढने उद्देश्यले तत्कालका लागि केन्द्रमा स्थगित गरिएको बुझिएको उनले बताए । गुठी संस्थानका अनुसार समिति गठन गरिएको बेला ध्रुव घिमिरे प्रशासक थिए । र अहिले उहाँको ठाउँमा नयाँ प्रशासक भएर शैलेशराज कुँवर आएका छन् । उहाँ आएपछि के कस्तो पोखरीको अवस्था बारे अध्ययन गरी मात्रै नयाँ सूचना प्रकाशन गरी बढीभन्दाबढी पोखरी समावेश गरिनेछ ।

उनले भने शुरुमा सातवटा पोखरीलाई मात्रै आधार मानेर अतिक्रमणमुक्त अभियान संचालन गर्न खोज्दा धेरै टिकाटिप्पणी हुन थालेपछि पहिलो चरणमा सात वटा मात्रै नभई दुई चरणमा गरी कम्तिमा कुल पोखरीको ५० प्रतिशत पोखरीलाई अभियान संचालन गर्न कुरा आएपछि पनि तत्कालका लागि अभियान रोकिएको हो । अब नयाँ सूचना जारी भएपछि अभियान शुरु हुनेछ । संस्थानले एक साताअघि विषहारा पोखरी, दशरथ तलाउ, अरगजा सर, रत्न सागर पोखरी, मुरली सर, दिर्घिका सर र गोडधोई पोखरीको नाम उल्लेख गर्दै सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न भनेको थियो । अन्यथा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरेको थियो ।

तर स्थलगत अवस्थाले भने सूचनामा समेटिएका अधिकांश पोखरीको अहिले वास्तविकता फरक रहेको छ । हालको अवस्थामा दशरथ तलाउ, अरगजा सर तथा रत्न सागर पोखरी मुख्य रूपमा अतिक्रमणमुक्त देखिन्छन् । गोडधोई पोखरीको केही भाग उत्तर साइड र केही पुर्वसाइड अतिक्रमण भएको देखिन्छ भने विषहारा पोखरीको पूर्वी भागमा मात्र अतिक्रमण रहेको छ । मुरली सर दिर्घिका सरको भने लगभग पूर्ण रूपमा अतिक्रमणको चपेटामा परेको छ । यसले गुठी संस्थानले अद्यावधिक अध्ययन नगरी भोजराज घिमिरेको २०६२ सालको प्रतिवेदनका आधारमा सूचना जारी गरेको हो भन्ने आशंका बलियो बनाएको छ ।

स्थानीय सरोकारवालाहरूका अनुसार २० वर्षअघिको तथ्यांकका आधारमा वर्तमान अवस्थाको मूल्यांकन गर्न खोज्नु प्रभावकारी संरक्षण अभियानभन्दा पनि औपचारिक प्रक्रिया पूरा गर्ने प्रयास जस्तो रहेको आवाज उठन थालेको छ । सबैभन्दा गम्भीर प्रश्न भने, पूर्ण रूपमा अतिक्रमणमा परिसकेका वा अस्तित्व नै गुमाइसकेका पोखरीतर्फ संस्थानको ध्यान किन पुगेन भन्ने हो । जनकपुरधाम उपमहानगरपालिका आसपासका रामसरसहितका धेरै पोखरी अहिले पूर्ण रूपमा अतिक्रमणमा छन् । जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्वनी पोखरी र बलदेव सरसहितका पाँच वटा ऐतिहासिक पोखरी त पुरिएर पूर्ण रूपमा लोप भइसकेका छन् ।

ती स्थानमा पोखरी पुरेर बस्ती, होटल, निजी अस्पताल, कलेज तथा व्यापारिक भवन निर्माण भइसकेका छन् । तर यस्ता संवेदनशील विषयमा संस्थानले अहिलेसम्म कुनै ठोस कानुनी वा प्रशासनिक पहल अघि बढाउन सकेको छैन । स्थानीयहरूका अनुसार वास्तविक अतिक्रमण हटाउनेभन्दा पनि सहज र विवादरहित क्षेत्रलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्दा संरक्षणको उद्देश्य नै कमजोर बन्ने खतरा बढेको छ । पोखरीको अवस्था कारवाही गरिने सूचनामा भनिएको पोखरीको प्रतिवेदनमा अतिक्रण भनिएको उपमहानगरपालिकासँगै टाँसिएका दिर्घिका साबिक नक्सा अनुसार ३ विघा ४ कट्ठा १८ धुर ३ कनमा रहेकोमा प्रतिवेदन तयार पर्दासम्म ३ विघा १ कट्ठा १ धुरमा समिति भइसकेको छ ।

हाल यसभन्दा पनि बढी अतिक्रमण भइसकेको छ । दक्षिणतिरबाट मोनास्टिक स्कूल अन्य व्यक्ति र उत्तरतिरबाट उपमहानगरपालिकाले अतिक्रमण गरेका छन् । मुरली सर साबिक नक्सा अनुसार १३ कट्ठा १ धुर २ कनमा क्षेत्रफलमा रहेको ती पोखरी अहिले ११ कट्ठा १५ धुरमा प्रतिवेदन तयार पार्दासम्म देखिएको थियो । तर अहिले यो भन्दा पनि कम क्षेत्रफलमा सिमित भइसकेको छ । ४ विघा २ कट्ठा ६ धुर ३ क्षेत्रफलमा फैलिएको विषहारा पोखरीको पूर्वपट्टीको भाग अतिक्रमणको चपेटामा हाल रहेको छ । यहाँनेर पिराडी चोक र पेठियाको दक्षिणतिर गरी गोडधोई पोखरी दुई/दुई वटा भएको कारण कुन पोखरी बारे सूचनामा भनिएको हो भन्ने अन्यौलता श्रृजना भएको छ ।

हुनत पेठिया बजार नजिकको गोडधोई पोखरी पुर्ण रुपमा अतिक्रमणको चेपटामा परेको छ भने पिराडी चोकको गोडधोई पोखरीको पुर्वपट्टी र उत्तर साइडमा केही भाग अतिक्रमणको चपेटामा परेको हो । रत्न सागर पोखरी प्रतिवेदन अनुसार दुई विघा १६ कट्ठा ३ कनमा क्षेत्रफलमा फैलिएको हो । यसको कुनैपनि साइडमा अतिक्रमण भनिएको छैन । तर पनि सूचनाको अतिक्रमण भन्ने सूचीमा राखिएको छ । जानकी मन्दिर पछाडि पेठिया बजार जाने बाटोमा रहेको दशरथ तलाउ पोखरी बारे प्रतिवेदनमा अतिक्रमण भनिएको छ ।

तर वर्तमान अवस्थामा ती पोखरीलाई सौन्दर्यकरणको नाममा घाटहरु निर्माण गरी खुम्चाइएको छ ।

Comment


Related News

Latest News

Trending News