२०८३ श्रावण १०, आईतवार ०६:४६

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राज्य नागरिकको पक्षमा हुनुपर्ने बताएका छन् ।

बेलायत सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवासका लागि निर्मित भवनको शनिवार उद्घाटन गर्दै उनले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेको बताए । उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्न सक्ने अवस्था रहेको बताए ।

मजदुरले मजदुरी गरेर जीवन निर्वाह गर्दा पनि खुसी हुनसक्ने र एउटा चिकित्सकले बिरामी जाँचेर पनि सोही खुसी अनुभूती गर्ने वातावरणलाई लोकतन्त्र मानिने प्रहरी महानिरीक्षक कार्कीको भनाई छ । उनले एकै ठाउँमा समान रुपमा हरेक पेशा, धर्म, जातजातीलाई सम्बोधन गर्न सकिने वातावरण निर्माण गर्न र सो वातावरण कायम राख्नु आम नागरिक र प्रहरीको जिम्मेवारी रहेकोमा जोड दिए । प्रहरी महानिरीक्षक कार्कीले कानुनी शासनमा बदमासहरु डराउनुपर्ने र सज्जनहरु भयरहित वातावरणमा हिँडडुल गर्न पाउनुपर्ने वातावरण निर्माण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

प्रहरीलाई कुनै एक पक्ष वा चिनजान अथवा कसैको दबाबमा आएर अन्यायतर्फको झुकावमा नपर्न महानिरीक्षक कार्कीले आग्रह गरे । समाज र राष्ट्रमा सन्तुलन कायम राख्न सर्वसाधारण र प्रहरी प्रशासनलाई मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपाल प्रहरीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत नागरिकले प्रहरी कार्यालयमा उपस्थित नभई आफ्ना गुनासा, सूचना तथा निवेदन अनलाइनमार्फत दर्ता गर्नसक्ने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ । प्रहरी महानिरीक्षक कार्कीले उद्घाटन गरेको भवनमा परामर्श कक्ष, पीडित कक्ष, बालबालिका कक्ष रहेको छ ।

नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले मधेस प्रदेशमा मुख्य सुरक्षा चुनौतीको रूपमा देखिएको लागुऔषध सेवन र कारोबारीलाई तोड्न प्रहरी सक्रियताका साथ लागेकाले यसमा नागरिकको पनि साथ र सहयोग आवश्यकता औँल्याए ।

Comment


Related News

Latest News

Trending News