२०८३ श्रावण ११, सोमबार १२:३७
सुन–चाँदीको भाउ आज सामान्य बढेको छ ।
सुनको भाउ आज १ हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदी ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीकाे भाउ तोलाको ४ हजार ४१० रुपैयाँमा थियो ।

