शिक्षामन्त्री सस्मित पोखरेलले बिभिन्न क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै सरकार अघि बढिरहेको बताउनुभएको छ ।
सोमबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले अहिले धेरै क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सरकार अघि बढिरहेको बताउनुभएको हो ।
उहाले चूनौतिलाई अवसरको रुपमा लिदै सरकार प्रभावकारी ढंगले अघि बढ्न खोजेको उहाको भनाइ छ । त्यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने मुख्य आरोपीलाई पक्राउ गरिसकेको भन्दै त्यसमा संलग्न सवैलाई कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । उहाले राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरी जग्गा प्राप्ति तथा आफ्नै भवन निर्माणको प्रक्रिया चाँडो अगाडि बढाउने प्रतिबद्धता गर्नुभयो ।
साक्षर मधेश प्रदेश घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र सो विषयमा मुख्यमन्त्री तथा अन्य प्रदेश प्रमुखहरूसँग छलफल गर्ने उहाको भनाइ छ ।
उहाले अघिल्लो भ्रमणमा विद्यार्थीहरूले गरेको मागबमोजिम संकट मोचन विद्यालयमा विद्यार्थीहरुलाई खेल सामग्री वितरण गर्नुभएको थियो ।

