सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाका दोषीहरुलाई कारवाहीको माग गर्दै विराटनगरका स्थानीय युवाहरुले बजार बन्द गराएका छन् ।
कप्तानगन्ज आइतवार राती दुई समूह बीच भएको झडप र त्यसपछिको गोली काण्डमा एक जनाको मृत्यु भएपछि स्थानीय युवाहरुले बजार पसल बन्द गराएका हुन् ।
विराटनगरको मेनरोड पूर्णरुपमा बन्द भएपनि अन्य क्षेत्रका पसलहरु खुला छन् । बजार पसलका साथै बैंक तथा वित्तिय संस्थाहरु र विद्यालयहरु समेत बन्द गरिएको छ ।
बजार पसल बन्द भएपनि स्थिति सामान्य रहेको छ । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको सुरक्षा निकायहरुले जनाएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला, महोत्सव, विवाह, पार्टी, उत्सव , चार्डपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रमका साथै अन्य कार्यक्रममा डिजे बजाउन प्रतिबन्ध गरेको छ ।

