२०८३ श्रावण १२, मंगलवार १६:३५

मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

ठूला बचतकर्तालाई सहकारीसंथ मिल्नका लागि बिभिन्न निकायबाट दवाव आएको र यसका कारण आफुहरु थप पीडामा गरेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटो भन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन् ।

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरेपनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताउनुभयो ।

उहाले समस्याग्रस्त घोषणा नगरिएका केहि सहकारीले पनि बचतकर्ताको अवौं रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News