सर्वोच्च अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पुनः मेयर पदमा काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिट खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र महेश शर्माले रिटमाथि सुनुवाइ गर्दै खारेज गर्ने आदेश दिएका हुन् । किर्ते नागरिकता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी प्रचलित कानुनी व्यवस्थाअनुसार स्वतः निलम्बनमा परेका थिए ।
गृह मन्त्रालयको छानबिन समितिले नागरिकता प्रकरणमा अनियमितता भएको निष्कर्ष निकालेपछि अख्तियारले िस ं ह स िह त स ं ल ग् न व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो । निलम्बनपछि आफूलाई पुनः मेयरको हैसियतमा काम गर्न दिनुपर्ने माग गर्दै सिंहले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए । तर सर्वोच्चले उक्त रिट खारेज गरेपछि उनको निलम्बन कायमै रहने भएको छ ।
यससँगै विशेष अदालतमा विचाराधीन किर्ते नागरिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला न अ ा ए स म् म सिंह मेयर पदमा फर्किन नपाउने भएका छन् ।

