२०८३ श्रावण १३, बुधबार १२:२८
नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

