२०८३ श्रावण १४, बिहीबार ०७:२९

संघीय सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशाकीय अधिकृत पदपूर्ति गरिसकिएको दाबी गर्दै आएको अवस्थामा रौतहटका चार स्थानीय अझै निमितकै भरमा संचालन हुँदै आएको देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउँदै दरबन्दी अनुसारका कर्मचारी खटाउने नीति अनुरुप सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइसकिएको दाबी गर्दै आएका छन् । तर रौतहटका वृन्दावन नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिकामा अझै शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहे का छन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव रहने व्यवस्था छ । तर वृन्दावन नगरपालिकामा शाखा अधिकृत श्यामकिशोर प्रसाद, दे वाही गोनाही नगरपालिकामा शाखा अधिकृत पवनकुमार के शरी, बौधीमाई नगरपालिकामा शाखा अधिकृत उदयशंकर चौधरी र ईशनाथ नगरपालिकामा शाखा अधिकृत महमद नवाज हुसैन निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका छन् । बौधीमाई नगरपालिका इनरवारीका विवेक यादवले आफ्नो पालिकामा सरकारले उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नपठाउँदा विकृति अन्त्य हुन नसकेको बताए ।

नियमसंगत कामका लागि पनि दौडधुप गर्नुपर्ने अवस्था कायमै रहेको उनले गुनासो गरेका छन् । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काममा पारदर्शिता र सुशासन कायम गर्ने विषय प्रभावित हुने गरेको उनले बताए । ईशनाथ नगरपालिका औरैयाका किशोरी यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा नगर प्रमुखले नियम कानुनलाई बे वास्ता गर्दै आफूअनुकूलका काम गराउने गरेको आरोप लगाउँदै तत्काल उपसचिव पठाउन सरकारसँग माग गरे ।

बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले अन्य पालिकाजस्तै आफ्नो पालिकामा पनि दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापनका लागि संघीय सरकारसँग पटक–पटक पहल गर्दै आएको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजे लले सरकारको लक्ष्य दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउने रहे को बताउँदै आवश्यक प्रक्रिया पूरा गरी तत्काल कर्मचारी पठाइने जानकारी दिएका छन् ।

Comment


Related News