२०८३ श्रावण १४, बिहीबार १४:०३

आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता टोली गठन गरेका छन्।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका हुन्।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्। सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल छन्। वाग्लेले समितिलाई आजै पीडितहरूसँग वार्ता शुरु गर्न निर्देशन दिएका छन्।

Comment

Related News

Latest News

Trending News