२०८३ श्रावण १६, शनिबार १०:४७

जनकपुरधाममा शनिबार विहान सद्भाव र्याली निकालिएको छ ।

हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ नारासहित सद्भाव ¥याली निकालिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

¥यालीमा प्रतिनिधिसभा सदस्य मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै धनुषामा बिहीबारदेखि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो। सोही छलफलको निष्कर्षअनुसार शनिबार बिहान ८ बजे सद्भाव ¥याली आयोजना गरिएको हो।

र्याली समाप्त हुने बेला हिन्दू सम्राट सेनाका सदस्यहरुले केही बेर विरोध जनाएका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएको भन्दै विरोध जनाएका थिए । रास्वपाका सांसद मनिष झाले उनीहरुलाई वार्ताका लागि आफू संगै लगेका छन् ।

Comment


Related News