२०८३ श्रावण १६, शनिबार १७:३१

गृहमन्त्री सुदन गुरुङ् र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा वार्ता सुरु भएको हो । वार्तामा गृहमन्त्री सुदन गुरुङसहित, रास्वपाका सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलसहित सुरक्षा निकायका पदाधिकारीस सहभागी रहेका छन् ।

पहिलो चरणको वार्तामा हिन्दूवादी संगठनका पदाधिकारीहरुले आफ्नो मागहरु बारे गृहमन्त्री गुरुङलाई जानकारी गराएका छन् । गृहमन्त्री गुरुङले धनुषाको समस्या समाधान नभएसम्म आफू जनकपुरधामबाट नजाने बताए । उनले अर्को चरणको वार्ता आजै १घण्टा पछि हुने जानकारी दिए ।

हिन्दूवादी संगठनका पदाधिकारीहरुले, हिन्दू राष्ट्र कायम गर्नु पर्ने, घाईतेलाई क्षतिपूर्ति दिनुपर्ने, ढुंगामुढा गर्ने मुस्लिममाथि कारवाही गर्नुपर्ने, लाउड स्पिकर बजाउन प्रतिबन्ध लगाउनु पर्नेलगायतका मागहरु अघि सारेका छन् ।

अर्को चरणको वार्ता आजै १ घण्टा पछि बस्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News