२०८३ श्रावण १७, आईतवार १५:३९

गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।

शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ।

वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उपयुक्त समयमा आवश्यक समिति गठन गर्ने समझदारी बनेको छ।

वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरूलाई विनाशर्त रिहा गर्ने, उनीहरूमाथि कुनै पनि मुद्दा नचलाउने र आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्षबीच सहमति जुटेको छ।

Comment


Related News

Latest News

Trending News